श्रावण ३, २०८२ शनिबार July 19, 2025

सङ्क्रमणदरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण दरमा कमी आए पनि मृत्युदर भने अझै घट्न सकेको छैन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रायका अनुसार अझै पनि कोरोनाबाट दैनिक मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी नै छ।

 पछिल्ला साता लगातार सङ्क्रमणमा कमी आएको भएपनि कोरोनाबाट हुने मृत्यु उल्लेख्य घट्न सकेको छैन्। मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ११४ जनाले ज्यान गुमाएका छन्।

नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ३८६ को ज्यान गएको छ ।

सङ्क्रमण दरमा केही कमी देखिएको भएपनि अधिकांश सङ्क्रमित होम आइसोलेनमा रहेका र स्वास्थ्य अवस्था जटिल भएपछि मात्र अस्पताल आउने हुँदा मृत्युदर घट्न नसकेको चिकित्सकहरु बताउँछन्।

आज १५ हजार ५५ पिसिआर र दुई हजार ४२५ एन्टीजेन गरी कुल १७ हजार ४८० नमूना परीक्षण गर्दा चार हजार ७६२ जनामा सङ्क्रमण पुष्टि भएको छ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार