श्रावण ३, २०८२ शनिबार July 19, 2025

सुदूरपश्चिममा सचेतनाले सङ्क्रमण दर घट्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो केही सातादेखि डोटीसहित सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युदरमा कमी आएको बताइएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार गएको वैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा कूल परीक्षणको ३७.२ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

जेठ २० गतेसम्म आइपुग्दा सङ्क्रमण तथा मृत्युदर क्रमिकरूपमा घट्दै गएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका प्रमुख डा गणराज अवस्थीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले मृत्युदर २.१५ प्रतिशतले कम भएको पाइएको छ । अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम तीन हजार ३०५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा सङ्क्रमित निको हुने दर पनि बढ्दै गएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । जेठ ११ गतेदेखि प्रदेशमा कोरोना सङ्क्रमण र मृत्युमा कमी हुँदै गएको देखिन्छ ।

यहाँका नागरिक कोरोनाबाट जोगिनका लागि सचेत भएका र सरकारले गरेको निषेधाज्ञाको पूर्ण पालना गरेका कारण कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको निर्देशनालयको दाबी छ ।- रासस

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया