श्रावण ३, २०८२ शनिबार July 19, 2025

रुकुम पश्चिममा चौथो पटक निषेधाज्ञा थपियोः बैंक तथा वित्तीय संस्थाहरु २ बजेसम्म खुला हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पश्चिममा फेरि निषेधाज्ञाको समय थप गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपेको हो ।

महामारीका रुपमा फैलिएको कोेरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण दर तीव्र रुपमा बढेकोले निषेधाज्ञा चौथो पटक थप्नु परेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अध्यक्ष तथा प्रमख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिएका छन् ।

प्रजिअ गैह्रेले भने ‘अझै कोरोना भाइरस संक्रमण नियन्त्रण नभएको र जिल्लामा  संक्रमण फैलावटको साङ्लो तोड्न एवम् संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको आवश्यक व्यवस्थापन गर्न निषेधाज्ञाको समय वढाउनु परेको हो ।

उनले भने, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ का उपदफा ९३० बमोजिम निषेधाज्ञा लगाइएको जानकारी दिएका छन् ।

निषेधाज्ञा पहिलो पटक वैशाख १९ गते आइतवार बिहान ६ बजेदेखि वैशाख ३१ गते र जेठ १ गतेदेखि जेठ ७ गतेसम्म दोस्रो पटक र जेठ ७ गतेदेखि २२ गतेसम्म तेस्रो पटक समय थपिएको अवधिमा पनि कोरोना भाइरस नियन्त्रण नभएपछि चौथो पटक जेठ ३१ गते ९ दिन निषेधाज्ञाको समय थपिएको जिल्ला प्रशासन कार्यालय रुकुमका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश शिवाले जानकारी दिएका छन् ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा र सोको लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा र हिँडडुलमा समेत निषेध गरिएको प्रशासनले जानकारी दिएको छ । तर सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरुमा खुल्ने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले बिहान १० बजेदेखि २ बजेसम्म स्वास्थ्य मापदण्ड पालन गरी कारोबार गर्ने छन् भने सरकारी कार्यालयहरु ५० प्रतिशत कर्मचारीको उपस्थितमा मापदण्ड पालना गरेर सञ्चालन हुने छन् ।

कोरोना भाइरसबाट जिल्लामा हालसम्म जिल्लामा १ हजार ८१५ जना  संक्रमित भएका छन् । जसमध्ये २५ जनाको मृत्यु भएको छ । भने १ हजार २३७ जना निको भएका छन् । हाल जिल्लाका विभिन्न अस्पतालमा ४६ जना बिरामी उपचारार्थ छन् भने ४२० जना होम आइसोलेसनमा रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार