काठमाडौंः नेपालमा कोरोनाभाइरसका तीन हजार २४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दश हजार ४७१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण सार्बजनिक गर्न आयोजना गरेको प्रेस ब्रिफिङमा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित ६ लाख नाघेको छ ।
पछिल्लो १५ दिनमा मात्रै एक लाख सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कुल सङ्क्रमित छ लाख एक हजार ६९३ पुगेको बताउनुभयो । आइतबार प्रति एक सय जनाको परीक्षण गर्दा २८.९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार चौबीस घण्टामा तीन हजार २६२ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ४५५ जनामा पोजेटिभ पाइएको छ । हाल ७३१ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले आइतबार चौबीस घण्टामा ६ हजार ६३६ जना कोरोनामुक्त भएको जनाएको छ । हालसम्म चार लाख ९१ ह्जार नौ जना कोरोनामुक्त भएका हुन् ।
सोही अबधिमा ९९ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म सात हजार ८९८ जनाको मृत्यु दत्र्ता गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया