काठमाण्डौंः बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ ।
ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।
योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३ र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया