काठमाण्डौंः नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान नगर्ने सात जना सांसदलाई स्पष्टिकरण सोधेको छ ।
मंगलबार मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने प्रधानमन्त्री केपी शर्मा ओलीका सात जना सांसदलाई माधव नेपाल पक्षीय संसदीय दलले स्पष्टिकरण सोधेको हो । सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप उल्लंघन गरेको भन्दै २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्न निर्देशन दिएका छन् ।
ओली पक्षका सांसद पठानसिंह बोहरा, नेपालु चौधरी, रतन थापा, लिलाधर भट्ट, गेल्वुसिंह बोहरा, माया तामाङ बोहरा र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।
यता नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले पार्टीको ह्वीप उल्लंघन गर्ने नेपाल समूहका सांसदलाई कारबाही गर्ने तयारी भइरहेको जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया