श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘ओलीको सन्देशमा कुटिल चातुर्‍यता र जालझेलको भाषाशैली प्रयोग भयो’- वामदेव गौतम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा (एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आइतबार साँझ पार्टी अध्यक्ष केपी अ‍ोलीले गरेको ६ बुँदे आह्वानलाई एकताको प्रयत्न मान्न नसकिने बताएका छन् ।

मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै गौतमले एकता आह्वानको नाममा प्रकाशित विज्ञप्तिमा कुटिल चातुर्‍यता र जालझेलको भाषाशैली प्रयोग भएको भन्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि आह्वान गरेपछि पार्टी एकता राष्ट्रिय अभियान कार्यसम्पादन समितिको भर्चुअल बैठकपछि विज्ञप्ति सार्वजनिक गर्दै गौतमले यस्तो बताएका हुन्।

पाँच बुँदे निष्कर्षमा गौतमले अध्यक्षबाट पार्टी एकताको इमान्दार प्रयत्न नभएको आरोप लगाएका हुन्। गौतमले एकता आह्वानका नाममा सार्वजनिक विज्ञप्तिले एकताको आधार तयार नभएको बताएका छन्।

गौतमले ओलीलाई छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको एमालेका दुई वरिष्ठ नेता, चार उपाध्यक्ष र एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर समस्या समाधान गर्न सुझाव दिएका छन्।

प्रेस विज्ञप्ति  

नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओलीले यही जेठ २३ गते राती जारी गर्नुभएको पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा छलफल गर्न हिजो मिति २०७८ जेठ २४ गते अपरान्ह पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका उपलब्ध कमरेडहरुका वीच विद्युतीय माध्यमबाट बैठक बस्यो । उपस्थित सबै कमरेडहरुले अत्यन्त गम्भीरतापूर्वक छलफलमा भाग लिनुभयो । छलफल पछि निकालिएका निश्कर्षहरु सार्वजानिक जानकारीका लागि प्रकासित गरिएको छः–

१. क. अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्‍यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ । त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।

२. बुँदा नं ४ मा २६ जनाले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिने विषय उल्लेख गरिएको छ । यो समस्या गत पुष ५ गते अविश्वासको प्रस्ताव लैजाने प्रयत्न र त्यसलाई जवाफ दिन प्रतिनिधिसभाको विघटन पश्चात पक्ष विपक्ष बनेर गरिएका जन पदर्शनहरु, २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना, फागुन २३ गते नेकपा विभाजन र नेकपा (एमाले) को पुनस्र्थापना अनि विश्वासको मत लिन प्रधानमन्त्रीको असफलता तथा उहाँ नै ठूलो पार्टीको नेताको हैसियताले निरन्तर प्रधानमन्त्री साथै २०७८ बैसाख ६ गते संविधानको धारा ७६को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ ।

यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन् । यसले हाम्रो पार्टी ज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनः एकतावद्ध भए पछिको पार्टी कमिटीको बैठकबाट मात्र समाधान गर्न सकिनेछ । पार्टी एकता पछि दुबै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरी बारे व्यवस्थित आत्मालोचना गरे पछि  वास्तविक समाधान हुने आशा गर्न सकिन्छ । यो समस्या समाधान पछि हामीले संसारभरीका क्रान्तिकारीहरुका निम्ति नयाँ सन्देश दिन पनि सक्नेछौं ।

३. तद्नुसार छिटोभन्दा छिटो २०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।

४. सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरी छलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ ।

५. पार्टी एकता राष्ट्रिय अभियानको यो बैठक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई निधन भएका केन्द्रीय सदस्य क.डम्बर थापा लगायतका अन्य कमरेडहरु तथा यस अवधिमा दिवंगत हुनुभएका सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

वामदेव गौतम उपाध्यक्ष
नेकपा (एमाले)
संयोजक पार्टी एकता राष्ट्रिय अभियान

मितिः २०७८/०२/२५

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार