श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादीलाई एक्ल्याउने ओलीको प्रयास असम्भव – प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनर्स्थापना  हुने विश्वास व्यक्त गरेका छन्।

पुस ५ मा भएको विघटनविरुद्ध लडेर संसद्‍ फिर्ता ल्याएको भन्दै प्रचण्डले यसपटक नांगो रुपमा विघटन भएको संसद पुनस्र्थापना हुने विश्वास व्यक्त गरेका हुन्।

मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

‘अदालतले हेर्ने भनेको संविधान हो’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले पुस ५ मा संसद विघटन गरे, त्यो हामीले लडेर फिर्ता ल्यायौँ। अहिले त झन् नांगो रुपमा संसद विघटन गरिएको छ। यो पुनर्स्थापना हुन्छ ।’

प्रचण्डले संसद पुनस्र्थापना भएपछि संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरको सरकार बन्नेसमेत बताएका छन्। संविधान र लोकतन्त्रको रक्षाका लागि पाँच दल एक ठाउँमा उभिएको भन्दै प्रचण्डले केपी ओलीले माओवादीलाई एक्ल्याउने प्रयास गरे पनि त्यो असम्भव रहेको बताए।

पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा ढुलमुले चरित्रमा रहेको कांग्रेसले अहिले प्रतिगमन भनेको भन्दै प्रचण्डले विपक्षी गठबन्धनमा उपेन्द्र यादव र माधव नेपाल सँगसँगै रहेको बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार