श्रावण ३, २०८२ शनिबार July 19, 2025

नेपालमा सक्रिय संक्रमितको संख्या ८० हजार ३ सय मात्रैः कोरोनाबाट निको हुने दर ८५.२ प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा बिहिबार थप तीन हजार ४४९ जना कोरोनाभाइरसका सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्ने क्रममा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १५ हजार ६५२ पुगेको जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल ८० हजार ३३६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा पछिल्लो चौबीस घण्टामा प्रति एक सय नमूनाको परीक्षण गर्दा २८.६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चार हजार ५६८ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ८९५ को रिपोर्ट पोजेटिभ आएको छ ।

बुधबार चौबीस घण्टामा पाँच हजार ७६८ जना कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख १० हजार २९८ सङ्क्रमित कोरोनामुक्त भएका छन् । कोरोनाबाट निको हुने दर ८५.२ प्रतिशत पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार चौबीस घण्टामा ८१ जना सङ्क्रमितको मृत्यु भएको बताउनुभयो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट आठ हजार १७९ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार