श्रावण ३, २०८२ शनिबार July 19, 2025

हुम्लाका ७० स्वास्थ्य संस्थालाई हुम्ली सेवा समाजको स्वास्थ्य सामग्री सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्ली सेवा समाज नेपालगञ्जले हुम्लाका ७० वटा स्वास्थ्य संस्थालाई कोभिड–१९ का सामग्री सहयोग गरेको छ । जिल्लाबाहिर नेपालगञ्जमा बस्दै आएका हुम्ली सेवा समाजमा आबद्ध १४ व्यक्तिको संयुक्त आर्थिक सहयोगमा जिल्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग गरिएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहराले जानकारी दिए ।

विश्वव्यापी महामारिका रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण दिनानुदिन तीव्रगतिमा फैलिरहेको अवस्थामा हिमाली जिल्ला हुम्लाका सम्पूर्ण स्वास्थ्य संस्थालाई ती सामग्री सहयोग गरिएको नेपालगञ्जमा बसोबास गर्दै आएका सिमकोट–५ का जीवन बोहराले बताए ।

हुम्लामा भौतिक पूर्वाधार, स्रोत साधन र जनशक्तिको अभावलगायतका विभिन्न प्रतिकूल अवस्था र महामारीको विषम परिस्थितिलाई मध्यनजर गर्दै थोरै भए पनि केही सहज होस् भन्ने उद्देश्यका साथ समाजले उक्त सामग्री सहयोग गरेको हो ।

जिल्लाका सिमकोट, नाम्खा, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि हवाईजहाजमार्फत ती सामग्री आपूर्ति भएको छ । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका लागि पैदल मार्ग हुँदै जिल्लामा उपलब्ध हुने संयोजक बोहराको भनाइ छ । बुधबार हवाईजहाजमार्फत आपूर्ति भएको स्वास्थ्य सामग्री सिमकोट–६ को वडा कार्यालयबाटै गाउँपालिकाअन्तर्गतका ठेहे, बरगाउँ, स्याँडा, खोल्सीलगायतका स्वास्थ्य संस्थामा वितरण गरिएको थियो ।

त्यस्तै सर्केगाड गाउँपालिका र जिल्ला अस्पताललाई पनि सोही दिन सामग्री हस्तान्तरण गरिएको संयोजक बोहराले बताए । प्रतिस्वास्थ्य संस्थालाई एक थान पल्स अक्सिमिटर, एक थान डिजिटल थर्मोमिटर र ५०० थान सर्जिकल मास्क उपलब्ध गराइएको थियो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार