श्रावण ४, २०८२ आइतबार July 20, 2025

सबै प्रदेशमा गठबन्धन सरकार बनाउने विपक्षी पाँच दलको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने भएको छ ।

कांँग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार साँझ करिब २ घण्टासम्म बसेको बैठकले केन्द्रमा बनेको गठबन्धन अनुरुप सबै प्रदेश गठबन्धन बनाएर सरकार निर्माण गर्ने पहल गर्ने निर्णय गरेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘सबै प्रदेश जहाँ-जहाँ हाम्रो गठबन्धनको सरकार बनेको छ, भइहाल्यो । नबनेका प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने सहमति आजको बैठकमा भएको छ,’ माओवादी प्रवक्ता श्रेष्ठले भने ।

अहिले विपक्षी गठबन्धनको प्रदेश-२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । प्रदेश-१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ । गण्डकी र लुम्बिनीमा पनि कसरी गठबन्धन सरकार बनाउन सकिन्छ भनेर पहल गर्ने श्रेष्ठले बताए ।

बैठकमा अहिलेको केन्द्रको परिस्थितिबारे समीक्षा भएको उनले बताए । ‘संघमा मुलुकको समग्र राजनीतिबारे समीक्षा गरेर संविधान, लोकतन्त्र र विदेशी हस्तक्षेपको विरुद्धमा भएका षडयन्त्रहरूलाई चिर्दै एकताबद्ध रूपमा अगाडि बढ्ने प्रक्रियामा हामी गइरहेका छौं । यसलाई अझ सुजबुझ बनाउने भन्‍ने भएको छ,’ श्रेष्ठले भने ।

गठबन्धनले सर्वोच्च अदालतले संविधानलाई सही ट्रयाकमा लगाउने दिशातिर नै फैसला गर्ने आशा गरेको श्रेष्ठले बताए । संविधानलाई सही ट्रयाकमा ल्याउने निर्णय गर्न कोभिड-१९ बीचमा पनि जनतालाई जाग्रित बनाउन के गर्न सकिन्छ, त्यो बारेमा सल्लाह पनि सल्लाह भइरहेको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार