श्रावण ३, २०८२ शनिबार July 19, 2025

खोप अभावमा रोकियो काठमाडौं महानगरको खोप अभियान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: काठमाडौंं महानगरपालिकाले खोप अभाव भएको जनाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप लगाउने अभियान दुई दिन अगाडि नै रोकेको छ ।

कामपाले यही जेठ २५ देखि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरो सेल खोप अभियान जेठ २९ गतेसम्म सञ्चालन गर्ने भने पनि सरकारले खोप उपलब्ध गराउन नसकेको कारण देखाउँदै शुक्रबारदेखि खोप कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

कामपा स्वास्थ्य विभाग प्रमुख हरि कुँवरले भने, “स्वास्थ्य सेवा विभागको खोप महाशाखाबाट भोलि(शुक्रबार)देखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि दुई दिनअगावै अभियान रोकिएको हो ।”

तीन दिनका अवधिमा सो उमेर समूहका करीब २८ हजार नागरिकलाई पहिलो मात्राको खोप दिइएको जनाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले कामपालाई ३२ हजार मात्र खोप उपलब्ध गराएकामा तीन दिनका अवधिमा २८ हजार प्रयोग भइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार