काठमाण्डौंः निषेधाज्ञा उल्लङ्घन गरेको आरोपमा बिहीबार पोखरामा पक्राउ परेका गणेश लामालाई दुई हजार जरिवाना तिराएर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार जरिवाना लिएर छाडेको हो ।
उनलाई लेक साइडको एक होटेलबाट प्रहरीले पक्राउ गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशअनुसार प्रहरीले कारबाहीका लागि प्रशासनमा पठाएको थियो । अध्यादेशमा निषेधाज्ञा उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।
बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिने बेलामा उनी आएकाले राजनीतिक चलखेल गर्न लागि आएको आशङ्का गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया