श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना कहरमा निःस्वार्थ सेवा गर्न नेमकिपा अध्यक्ष बिजुक्छेको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले कोरोना युद्धमा कर्तव्य निर्वाह नगर्ने डाक्टर इमान्दार सिपाही हुन नसक्ने बताएका छन् ।

आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले आयोजना गरेको जनस्वास्थ्य सेवा केन्द्र र ख्वप अस्पताल कोभिड युनिटमा काम गरिरहेका चिकित्सक, नर्स, कर्मचारीसंग भर्चुअल कार्यक्रममा उनले महामारीको समयमा निःस्वार्थ भावले सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

नपाद्वारा सञ्चालित ख्वप अस्पतालप्रति जनताको सद्भावना निकै प्रशंसनीय भएको चर्चा गर्दै उनले नगरपालिकाको आह्वानकै भरमा पौने ६ करोड रकम जम्मा हुनु भनेको नगरपालिकाप्रति जनताको विश्वास कायम रहेको पुष्टि हुने भनाइ राखे ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सेवा गर्नेहरूप्रति उच्च सम्मान गर्नुपर्ने भन्दै महामारीको समयमा स्वास्थ्यकर्मीहरू पछि हटेमा समाजलाई जोगाउन मुश्किल पर्ने बताए । नपाका उपप्रमुख रजनी जोशीले ख्वप अस्पतालको लागि अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य सामाग्री व्यवस्था गर्न सानो बालक, युवादेखि ज्येष्ठ नागरिकहरूसम्मको सक्रिय सहभागिताले अक्सिजन प्लान्ट जडान कार्य शुरु भइसकेको बताए ।

कार्यक्रममा भक्तपुर नपाका शाखा अधिकृत गौतमप्रसाद लासिवा, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले कोभिड महामारीमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरले प्रदान गर्दै आएको सेवाबारे चर्चा गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार