श्रावण ४, २०८२ आइतबार July 20, 2025

वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन्।

उनले एक विज्ञप्तिमार्फत वैद्यले बागमती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। “महात्मा गान्धिलाई नाथुराम गोड्सेले मारेझै ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन, प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु”, भन्ने अभिव्यक्ति विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता पोखरेलले कडा कारवाहीको माग गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताले राजनीतिक र वैचारिकरूपमा मात्र नभई भौतिकरूपमा उनलाई सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको भन्दै वैद्यको अभिव्यक्ति सोहीअनुसार आएको भनाइ छ ।

“प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउन माग गर्दछु”, नेता पोखरेलले भने, “यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार