श्रावण ४, २०८२ आइतबार July 20, 2025

१४औं महाधिवेशन भदौ १६-१९ काठमाण्डौंमा गर्ने कांग्रेसको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका हेरफेर गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार अपराह्न पदाधिकारी सहित बसेको  शिर्ष नेताहरूको बैठकले भदौ महिनाभित्रै महाधिवेशन गर्ने गरी कार्यतालिका फेरबदल गर्ने निर्णय गरेको हो ।

बैठकले शीर्ष नेताहरूका बीचमा नयाँ कार्यतालिकाबारे साझा धारणा बनाएर केन्द्रीय समितिमा आगामी बैठकमा प्रस्तावको रूपमा पेस गर्ने निर्णय गरेको छ । बैठकले भदौको १६, १७, १८ र १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी महाधिवेशनको कार्यतालिका फेरबदल गर्ने प्रस्ताव पारित गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

उनका अनुसार केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका लागि २० असारसम्मको समय पाएको छ । समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ । ‘यो अनौपचारिक बैठक हो, यहाँ एउटा मोटामोटी साझा धारणा बनेको छ । यो आगामी केन्द्रीय समिति बैठकबाट पास भएपछि कार्यान्वयनमा जान्छ,’ डा. महतले भने ।

यसअघि कांग्रेसले ७ देखि १० भदौमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको थियो । तर, सो कार्यतालिकाअनुसार पूर्वतयारी गर्न नसकेपछि पुनः नयाँ कार्यतालिका बनाएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार महाधिवेशनको तयारी भएको भए ५ असारबाट तल्ला तहको अधिवेशन सुरु हुनुपर्ने हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार