काठमाडौं: नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति बैठक असार ३ गते बिहीबार बोलाएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरी असार३ गते दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन् ।
सभापति देउवा निवाशमा आज बसेको पदाधिकारी बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति ९ दिन पर सारेर १६ देखि १९ भदौमा गर्ने निर्णय गर्न प्रस्ताव गरेको थियो । त्यो प्रस्तावलाई पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया