श्रावण ४, २०८२ आइतबार July 20, 2025

एमाले बिबादः नेपाल पक्ष केही लचिलो, ओलीमाथि दबाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरे पनि त्यसलाई अस्वीकार गर्दै आएको माधव नेपाल पक्ष तीन दिनयता केही लचिलो देखिएको छ ।

नेपाल पक्षले एकताका लागि ओलीमाथि दबाब पनि बढाएको छ । ओलीलाई दबाब दिने रणनीति स्वरुप नेपाल पक्षले प्रदेश १ र बागमती प्रदेश सरकारलाई नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने भएको छ ।

विभाजनको डिलमा पुगेको एमालेलाई बचाउन नेपाल पक्षले २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने अडान कायम राखेरै ओली पक्षमाथि रणनीतिक दबाब सिर्जना गर्न थालेको हो ।

नेपाल समूहको सहयोगबिना प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको र ओली पक्ष चारैतिरबाट घेराबन्दीमा परिरहेका बेला नेपाल पक्षले गण्डकी प्रदेशमा पनि साथ दिएको थियो, बागमती प्रदेशमा पनि साथ दिने निर्णय गरिसकेको छ । -नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार