काठमाडौंः वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध किटानी जाहेरी दर्ता गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता इन्द्र बानियाँले वैद्यविरुद्ध किटानी जाहेरी दिएकोमा प्रदेशसभामा प्रतिवाद गर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका वैद्यविरुद्ध युवा संघका अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा ज्यान मार्न दुरुत्साहन गरेको जाहेरी दिएका थिए ।
सोमबार वाग्मती प्रदेशसभा कांग्रेस संसदीय दलमा आयोजित पत्रकार सम्मेलनमा दलका नेता बानियाँले जाहेरी दर्ता गरेकोमा आपत्ति जनाए ।
प्रदेशसभामा बोलेको विषयलाई लिएर कानूनी कारबाही अगाडि बढाउन नमिल्ने भन्दै उनले भने, ‘यसलाई तत्काल फिर्ता लिने काम भएन भने कांग्रेस संसदीय दलले प्रदेशसभामा डटेर प्रतिवाद गर्नेछ ।
प्रहरीले प्रदेशसभासँग भिडियो क्लिप मागेको भन्दै उनले रेकर्डबाट हटाइसकेकाले दिन नमिल्ने बताए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया