श्रावण ४, २०८२ आइतबार July 20, 2025

निर्वाचन आयोगको भूमिकाप्रति उपेन्द्र यादवको आपत्ति (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धति तिरस्कार गरेको बताएका छन् ।

अध्यक्ष यादवले मंगलबार विज्ञप्ति जारी गरेर निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएका हुन् । ‘निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण रहेको हाम्रो निष्कर्ष छ । निर्णयमा राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरिएको छ,’ विज्ञप्तिमा जनाईएको छ ।

निर्वाचन आयोगले बिनापूर्वाग्रह निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्ने यादवको भनाइ छ । निर्वाचन आयोगले गरेको उक्त निर्णयको विरुद्धमा राजनीतिक र कानुनी उपचारमा जाने पनि उनले चेतावनी दिएका छन् । जसपासम्बन्धी अनिर्णित बन्दा आयोगमाथि शंका उत्पन्न भएको पनि उनले उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको जेठ ३० गतेको बैठकले जसपाको विवादमा कुनै पनि निर्णय दिनबाट अस्वीकार गरेको थियो । अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक-अर्को पक्षलाई गरेको कारबाहीको निर्णयअनुसार आयोगमा उक्त दलसम्बन्धी विवरण अद्यावधिक गर्न अस्वीकार गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार