काठमाण्डौः नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनःबहाली हुनुभएका प्रदेशसभाका चारजना सदस्य अनुपस्थित हुनुभएको छ । अनुपस्थित हुनेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा हुनुहुन्छ ।
प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरिने र बजेट सार्वजानिक गर्ने कार्यसूचि छ । आज बिहानको सो दलका बैठकमा उपस्थित हुन उहाँहरुलाई पत्राचार गरिएको बताइएको छ ।
संसदीय दलका बैठकमा सहभागी हुन एमालेले आमन्त्रण गरेपनि चारै जना सदस्य बैठकमा अनुपस्थित हुनुभएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया