श्रावण ४, २०८२ आइतबार July 20, 2025

राहत र उद्धारमा जुट्न पार्टीका नेता-कार्यकर्तालाई माओवादी अध्यक्ष प्रचण्डको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी–पहिरो प्रभावितहरूको राहत र उद्धार कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

अध्यक्ष प्रचण्डले बुधबार एक विज्ञप्ति जारी गर्दै बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताको खोजी र घाइतेको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग आग्रह पनि गरेका छन् ।

प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गरी चितवनमा नदी कटान रोक्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरेका छन् ।

‘चितवन लगायतका जिल्लामा बाढीबाट हुने कटान र डुबानका लागि तत्काल आवश्यक बजेटको प्रबन्ध गर्न अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रीले हुन्छ भन्नुभएको छ,’ सापकोटाले भने ।

प्रचण्डले मौसमविद्हरूको पूर्वानुमानको ख्याल नगर्ने र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण–रोकथामका उपायको अनुभव समेतको बेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको ठूलो क्षति भएको उल्लेख गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया