श्रावण ४, २०८२ आइतबार July 20, 2025

फुटबाट पार्टीलाई जोगाउन नेता तथा कार्यकर्तालाई झलनाथ खनालको आह्वान (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली जानुअघि पार्टी एकताका लागि आह्वान गरेका छन् ।

नेता खनालले बुधबार मध्यान्ह एक वक्तव्य जारी गर्दै, ‘एकता सफलताको बाटो हो भने फुट विनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टी वैधानिक प्रक्रियाअन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आहृवान गर्न चाहन्छु,’ उनले भनेका छन् ।

देशको विथोलिएको वर्तमान राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको पनि खनालको भनाइ छ । फुट विनाशको बाटो भएकोले एकता गर्नुपर्ने उनको भनाइ छ। फुटबाट पार्टीलाई जोगाउन एकतावद्ध पार्न नेता तथा कार्यकर्तामा खनालले आह्वान गरेका छन्।

वक्तव्यमा भनिएको छ, ‘देशका प्रमुख दलहरु र तिनका नेताहरुबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्छ । सबै एकजुट भएर मुलुकका मुलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहन्छु ।’

स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल सोमबार मात्रै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए । खनाल एकपछि अर्को स्वास्थ्य समस्याका कारण आज भारत गएका छन्। उनले सफल उपचारपछि आफू स्वदेश फर्किने बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार
भदौभित्र स्वास्थ्य बिमाको सम्पूर्ण रकम भुक्तानी गरिनेछः स्वास्थ्यमन्त्री पौडेल
२०८२ श्रावण ४, आइतबार
सिरहा कारागारमा झडप हुँदा १३ कैदीबन्दी घाइते
२०८२ श्रावण ४, आइतबार
एमालेको केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे बस्ने
२०८२ श्रावण ४, आइतबार
सोमबार बिहानैदेखि पशुपतिनाथका चारै ढोका खोलिने
२०८२ श्रावण ४, आइतबार
कलाकारसँग सभामुख घिमिरेको अन्तरक्रिया
२०८२ श्रावण ४, आइतबार
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा नतिजा सार्वजनिक, १० हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
२०८२ श्रावण ४, आइतबार