श्रावण ४, २०८२ आइतबार July 20, 2025

डेढ महिनापछि सल्यान अस्पतालका सबै सेवा नियमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सल्यान अस्पतालमा डेढ महिनापछि सम्पूर्ण सेवा सञ्चालनमा आएका छन् । कारोना संक्रमणका कारण बन्द रहेका अन्य सेवाहरु आजदेखि पुन सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमण फैलिएपछि अस्पतालले आकास्मिक बाहेकका सबै सेवाबन्द गरेको थियो । अस्पतालमा कोरोना संक्रमितको चाप बढेपछि आकास्मिक कक्षसमेत कोरोना संक्रमितको उपचारका लागि प्रयोग भएको थियो ।

हाल जिल्लामा संक्रमणदर घट्नाका साथै उपचारका लागि आउने बिरामीको चाप समेत घटेपछि अस्पतालका सेवाहरु सुचारु गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिए ।

जिल्लामा कोरोना संक्रमणका कारण गत दुई महिनाको अवधिमा ४९ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणलाई जितेर २ हजार ३ सय १९ जना घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लमा ३ सय ५८ जना सक्रिय संक्रमित छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार