श्रावण ४, २०८२ आइतबार July 20, 2025

भक्तपुरमा शून्यमा झर्दै मृत्युदर, घट्यो अस्पतालमा चाप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना सङ्क्रमणको मृत्युदर घट्दै गएपछि जिलाका अस्पतालका श्यया खाली हुन थालेका छन् । अस्पतालमा अक्सिजन अभाव घटेर उपचारमा सहज हुन थालेको छ । सङ्क्रमितको निको हुने दर पनि ह्वात्तै बढेको छ । पिसिआर परीक्षणका लागि आउनेको संख्या पनि घटेको छ ।

कोभिड–१९ को दोश्रो लहरको महामारीले उग्र रुप लिँदा भक्तपुर अस्पतालमा एकैदिन कोभिडका ८३ जनासम्म बिरामी राखेर उपचार गरिएको थियो भने आज यस अस्पतालमा २२ जना कोभिडका विरामीको उपचार भइरहेको छ ।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ड डा. सुमित्रा गौतमले छ शय्या आइसियु, छ शय्या भेन्टिलेटर र ४६ शय्याको एचडियु तथा कोभिड आकस्मिक कक्षसहित एकै दिन ८३ जना कोभिडका बिरामी राखेर उपचार गरेको कहालीलाग्दो अवस्था पार गर्दै आएको बताउनुभयो ।

भक्तपुर अस्पतालमा कोभिडका कारण १३ महिला र १० पुरुष गरी २३ जनाको मृत्यु भएको छ । दैनिक ३०० जनासम्मको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेकोमा अहिले घटेर दैनिक ७० जनाको हाराहारीमा स्वाब संकलनका लागि आउने गरेको उहाँले बताउनुभयो । उहाँले कोभिडका बिरामी घटे पनि अस्पतालले विगतमा सञ्चालन गर्दै आएको ओपिडी र शल्यक्रियालगायतका अन्य सेवा अब नियमित हुन थालेको जानकारी दिनुभयो ।

कोभिडका बिरामीको उपचार गर्दै आएको मध्यपुरथिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालि अस्पतालमा पनि कोरोना सङ्क्रमित घटेपछि श्यया खाली हुन थालेका छन् । एकै पटक ५२ जनासम्म कोभिडका बिरामीको उपचार गरेको यो अस्पतालमा आज आठ जनाको मात्रै उपचार भइरहेको छ ।

अस्पतालका प्रशासन अधिकृत रुपेश श्रेष्ठले बिरामीको चाप घटेपछि आज तीन जना भेन्टिलेटरमा र पाँच जना एचडियुमा उपचाररत रहेको बताउनुभयो । दैनिक पिसिआर परीक्षणका लागि ४०० सम्म आउन थालेपछि अस्पतालले टोकन बाँढेर दैनिक २०० जनासम्मको परीक्षण गरेकामा अहिले दैनिक ९० जनासम्म परीक्षणका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा २९ पुरुष र २८ महिला गरी ५७ जनामात्र अस्पताल र आइशोलेसन केन्द्रमा उपचाररत रहेका छन् । कूल सङ्क्रमित मध्ये ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना होम आइशोलेसनमा रहेका छन् ।

प्रमुख मिजारले भक्तपुरमा ९५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएको जनाउनुभयो । कूल २१ हजार २३४ जना सङ्क्रमित मध्ये ९५ दशमलव २० प्रतिशत अर्थात् २० हजार २१६ जना सङ्क्रमित निको भएर घर फर्किएका हुन् ।

सङ्क्रमित संख्या घटेसँगै भक्तपुरमा कोरोनाबाट मृत्युदर समेत घटेको छ । जिल्लामा जेठ २५ गते यता एक जनाको मात्र कोरोना सङ्क्रमितका कारण मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

एकैदिन १४ जनासम्मको कोरोनाबाट मृत्यु भएको भक्तपुरमा गत जेठ २४ गते यता मृत्युदर घटेर शून्यमा झरेको छ । गत जेठ २८ सङ्क्रमित एक पुरुषको मृत्युपछि त्यसयता सङ्क्रमितको मृत्यु भएको छैन ।

जिल्लामा सबैभन्दा बढी मध्यपुरथिमी नगरपालिकामा ६३ पुरुष र २८ महिला गरी ९१ जना, भक्तपुर नगरपालिकामा ४४ पुरुष र ३० महिला गरी ७४ जना, सूर्यविनायक नगरपालिकामा ४७ पुरुष र २८ महिला गरी ७५ जना र चाँगुनारायण नगरपालिकामा २६ पुरुष र ११ महिला गरी ३७ जना सङ्क्रमितको मृत्यु भएको मिजारले जानकारी दिुनभयो । सङ्क्रमितमध्ये होम आइशोलेसनमा ३२५ पुरुष र ३५९ महिला गरी ६८४ जना सङ्क्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार