काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र- बाबुराम समुहले निर्वाचन आयोगमा आधिकारिकताको दाबीसहित पत्र बुझाएको छ ।
पार्टी अध्यक्षद्वय उपेन्द्र-बाबुरामको नेतृत्वमा नागरिकता सहित बहुमत सदस्यहरु निर्वाचन आयोगमा पुगेर राजनीतिक दलसम्बन्धी ऐन २०७३ को अनुसार आफूहरु नै जनता समाजवादी पार्टीको आधिकारिक भएको दाबीसहित पत्र बुझाएका हुन् ।
अर्का अध्यक्ष महन्थ ठाकुर समुहले पनि आधिकारिकता दाबी गरिरहेको छ । दुवै अध्यक्षले एक अर्कालाई कारबाही गरेका छन् । दुवैले कारबाही गरेको सूचना अद्यावधिक गर्न निवार्चन आयोगले अस्वीकार गरिसकेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया