काठमाण्डौंः नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित रहनुभएका ६८ वर्षीय पूर्वसांसद परियारको आज विहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै नवासमा निधन भएको नेपाली कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिनुभयो ।
विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता परियार राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गर्नुभएको थियो ।
दलित समुदायबाट नेपालमै पहिलो पटक जन निर्वाचित सांसद हुनुभएका नेता परियार वीपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध भई पञ्चायती व्यवस्थाको विरुद्धमा सङ्घर्ष गर्दा जेल समेत पर्नुभएको थियो ।
मानव मानवबीच हुने जातिय विभेदविरुद्धको आन्दोलनका अग्रणी नेता परियारको निधनबाट बाँके जिल्लामा लोकतान्त्रिक आन्दोलनको बलियो खम्बा ढलेको नेता ओलीले बताउनुभयो ।
नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निकट रहेर काम गर्नुभएका परियारलाई इमान्दार नेताको रुपमा लिने गरिन्थ्यो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया