श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थ‍प २ हजार ४०१ जनामा कोरोना संक्रमणः ३४ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा शनिबार थप २ हजार ४०१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पीसीआर परीक्षणका क्रममा १ हजार ६ सय ८८ र ४ हजार ६ सय ८६ एन्टीजेन परीक्षणका क्रममा ७१३ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

त्यस्तै कोभिड संक्रमणका कारण थप ३४ जनाको मृत्यु भएका छ । योसँगै नेपालमा कोभिडका कारण मृत्यु हुनेको संख्या ८ हजार ६ सय ७५ पुगेको छ । त्यस्तै थप ३ हजार ६ सय ६० संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा ५७ हजार ६१८ सक्रिय संक्रमित आइसाेलेशन र ४४१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा पीसीआर र १ लाख ३८ हजार ३१३ एन्टीजेन परीक्षण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया