श्रावण ४, २०८२ आइतबार July 20, 2025

राप्रपाको केन्द्रीय विशेष समिति र निर्देशन समिति गठनः सचिवालय कार्य व्यवस्था समिति खारेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समिति गठन गरेको छ।

शुक्रबार अध्यक्षत्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समिति गठन गरेको हो । दुवै समितिमा संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पदेन सदस्य कायम राखेको छ।

केन्द्रीय विशेष समिति र केन्द्रीय निर्देशन समितिमा तीनै जना अध्यक्ष रहेका छन्। यसअघि गठन गरिएको सचिवालय कार्यव्यवस्था समिति खारेज गरिएको राप्रपाले जनाएको छ।

यी दुई समितिहरुले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, साँगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्नेछ । निर्देशन समितिको बैठक नबसेको अवस्थामा निर्देशन समितिले गर्नुपर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ ।

पार्टीका शीर्ष नेताहरुको प्रतिनिधित्व रहनेगरी विशेष समिति बनाइएको भए पनि धवल शम्सेर राणालाई समावेश नगरिएको भन्दै पार्टीभित्र असन्तुष्टि देखिएको छ ।

पार्टीका उपाध्यक्ष र महामन्त्री समेत रहिसकेका धवलशमशेर राणालाई समावेश गरिएको छैन । पार्टीभित्र राणाले आगामी महाधिवेशनबाट आफूलाई नेतृत्वको दावेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । अध्यक्ष कमल थापा लगायत नेतृत्वको कार्यशैलीको विरोध गरेकै कारण नियतवश विशेष समितिमा नराखिएको आरोप लगाए ।

पार्टीले गठन गरेको केन्द्रीय निर्देशन समितिमा चाहिँ नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका राणालाई राखिएको छ । विशेष समिति पार्टी सञ्चालनको शक्तिशाली कमिटीमा मानिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार