काठमाडौंः नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापति पदको प्रवल दाबेदार मानिएका तीन नेताबीच भेटवार्ता भएको छ ।
कांग्रेस उपसभापति विमलेन्द्र निधिको मध्यबानेश्वरस्थित निवासमा भएको भेटवार्तामा महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह सहभागी थिए ।
निधिले आफ्नो वैवाहिक वार्षिकोत्सव (एनिभर्सरी) को सन्दर्भमा ‘लन्च’ का लागि कोइराला र सिंहलाई निमन्त्रणा गरेको भनिएपनि नेतात्रयबीच आगामी महाधिवेशनको बिषयमा गम्भीर छलफल भएको बताईएको छ ।
आजको भेटवार्तामा निधिले आसन्न महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेकाले आफुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।
सभापति देउवाले प्रदेशगतरूपमा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका बेला निधिले पनि महाधिवेशनकेन्द्रित छलफल शुरु गर्नुले आगामी महाधिवेशनमा देउवालाई अप्ठ्यारो पर्नसक्ने आँकलन गरिएको छ ।
सोमबारको भेट पारिवारिक रहेपनि काँग्रेसको आसन्न महाधिवेशन तथा राजनीतिक विषयमा छलफल भएको छ । महाधिवेशन छलफल र सहमतिबाटै नेतृत्व चयन गर्ने विषयमा नेता निधिले कुरा उठाएको श्रोतको दाबी छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया