श्रावण ४, २०८२ आइतबार July 20, 2025

बुधबार थप १ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टिः ५२ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार ४६१ जनामा गरिएको पीसीआर परीक्षणमा साे सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै, चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नाै सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५२ जनाको मृत्यु भएको छ । यस्तै, केही दिनदेखि छुटेका मृत्युकाे तथ्याङ्कसहित अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८८९४ जनाको मृत्यु भैसकेको छ ।

तीन हजार ५५८ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९०.२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया