चैत्र १६, २०८० शुक्रबार March 29, 2024

सुनको मूल्य घट्यो, आज कति छ बजारभाउ ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य सामान्य गिरावट भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ७ सय रहेको थियो ।

आज सुनको मूल्य तोलामा २ सयले गिरावट आइ प्रतितोला छापावाल सुन ९० हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने स्थिरता छाएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १ हजार २ सय र ९५ रहेको थियो । भने आज पनि त्यहि मूल्य अर्थात १ हजार २ सय ९५ कायम भइ कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया