श्रावण ४, २०८२ आइतबार July 20, 2025

काँग्रेसमा देउवालाई चुनौती थपिदैंः शशांक, निधि र सिंहबीच दोस्रोपटक गोप्यवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसको १४औं महाधिवेशनका सभापतिका आकांक्षीहरु डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच भेटवार्ता भएको छ।

महाराजगञ्जस्थित् कोइराला निवासमा नेतात्रयबीच छलफल भएको हो । उनीहरुबीच आगामी महाधिवेशनबारे छलफल भएको बताईएको छ । यसअघि यी तीन नेता निधिको निवासमा भेला भएका थिए ।

खासगरी १४औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि यी तीनै जना नेताले आ–आफ्नो ढंगले तयारी गरेका छन् । निधिले सभापति शेरबहादुर देउवालाई भेटेरै आफू धेरै अघि बढिसकेकोले अब ब्याक नहुने सन्देश दिईसकेका छन् ।

सभापति देउवा पूनः नेतृत्वमा आउने तयारीमा जुटेपछि निधिले भेटेरै देउवालाई यस्तो सन्देश दिएका हुन् । उता, संस्थापनईतरबाट महामन्त्री कोइरालापनि सभापतिमा लड्नेगरि तयारीमा जुटेका छन् ।

प्रकाशमानले पनि मिडियामार्फत आफू सभापतिमा उठ्ने बताईसकेका छन् । तर, सभापतिका आकांक्षी यी तीन नेताबीच भने मिलेर जानेबारे कुराकानी भैरहेको छ ।

निधिले केही दिन पहिले पत्रकार ऋषि धमलासँगको टिभी अन्तर्वार्तामा आफू, शशांक र प्रकाशमानबीच गठबन्धन बन्ने दाबी गरेका थिए । तर, उनले ठोस सहमति भने भैनसकेको बताएका थिए । उनले भनेका थिए–‘हामी छलफलमा छौं । तर, ठोस सहमति भएको छैन् । हामी तीन जनाबीच सहमति भएर गठबन्धन पनि बन्न सक्छ ।’ रिपोटर्स नेपालबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार