श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘बाढीप्रभावित क्षेत्रका बासिन्दालाई खोपमा प्राथमिकता’- स्वास्थ्य मन्त्री श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले बाढीप्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप अभियानको पहिलो प्राथमिकतामा राख्ने निर्णय गर्नुभएको छ ।

शुक्रबार दिउँसो स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री कृष्णगोपाल श्रेष्ठले बाढीका कारण विस्थापित हुँदा समूहमा बस्नुपर्ने भएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खोप प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले चुनावअघि नै नागरिकलाई खोपको प्रबन्ध मिलाइने पनि जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले शुक्रबार नै वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको समेत कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया