काठमाडौंः नेकपा एमालेले सर्वाेच्चको आदेशपछि पुनर्वहाली भएका कर्णाली प्रदेशका तीन सांसदलाई पुनःनिलम्बन गरेको छ ।
एमालेको प्रदेश संसदीय दलले उनीहरुलाई निलम्बन गरेको जानकारी गराएपछि प्रदेश सभा सचिवालयले अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एक महिना निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चारमध्ये तीन सांसदलाई पुन निलम्बन गरिएको हो । यसअघि निलम्बनमा परेका ज्वाला सिंहलाई भने यसपटक निलम्बन गरिएको छैन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया