श्रावण ४, २०८२ आइतबार July 20, 2025

गण्डकीका चार विनाविभागीय मन्त्रीले आइतबार जिम्मेवारी पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी प्रदेशका चार विनाविभागीय मन्त्रीले आइतबार जिम्मेवारी पाउने भएका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा रहेका उनीहरूको शुक्रबार नै जिम्मेवारी टुंगो लागेपनि आइतबारदेखि ४ मन्त्रीले कार्यभार सम्हाल्ने भएका हुन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कुमार खड्काका अनुसार बजेटमाथि छलफल नसकिँदासम्मका लागि लक्षित गरी मन्त्रालय टुंग्याइएको छ । ‘शुक्रबारको बैठकले विभाग टुंग्याएको छ, आइतबारबाट कार्यभार सम्हाल्छौं, बजेट छलफलपछि परिवर्तन हुनक्ने गरी विभाग तोकिएको छ,’ उनले भने ।

मुख्यमन्त्री नियुक्त भएकै दिन २७ जेठमा मुख्यमन्त्री पोखरेलले ४ मन्त्रीसहित सपथ लिएका थिए । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जनता समाजवादीबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे मन्त्री बनेका छन् । तर अहिलेसम्म उनहरूको मन्त्रालय टुंगो लाग्‍न सकेको छैन ।

मन्त्रीहरूको विभाग टुंगो नलागेपछि बजेटमाथिको छलफल पनि अन्योलमा छ । ‘बजेटमाथिको छलफल हुन सकेको छैन, अब मन्त्रीहरूले विभाग पाएपछि बजेटमाथिको छलफल चल्छ,’ उनले भने । मन्त्रीहरूले आइतबार पाउने विभाग बजेट छलफलपछि मन्त्री बन्‍नेको नामावली टुंगो लागेपछि परिवर्तन हुने जनाइएको छ । गण्डकी प्रदेशमा अहिले ११ मन्त्रालय छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार