श्रावण ४, २०८२ आइतबार July 20, 2025

‘हाम्रो त सही छाप नै बुझाएको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो’ : कांग्रेस सभापति देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको कार्यकर्ताको भूमिका निर्वाह गरेको आरोप लगाउनुभएको छ ।

पत्रकारहरुसँग आज गरिएको एक अन्तरक्रियामा बोल्दै देउवाले आफूले बहुमत सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गर्दा कुनै समस्या परेको भए राष्ट्रपतिले सनाखत गर्नुपर्ने बताउनुभयो । राष्ट्रपतिले आव्हान गर्नुभो, हामीले बहुमतसहित दाबी गर्यौँ ।

‘अदालतले प्रधानमन्त्री बनाओस भनेको होइन, तर राष्ट्रपतिलाई समस्या परेको भए सनाखत गरेको भए हुन्थ्यो । को कता छ ? भनेर सोधेको भए हुने थियो। तर मध्यरातमा जे भयो गलत भयो । हाम्रो त सही छाप नै बुझाएको छ नि, पार्लियामेन्टमा परेड गरायको भए नि हुन्थ्यो’, देउवाले भन्नुभयो।

देउवाले राष्ट्रपतिको चर्को आलोचना गर्दै पदीय मर्यादा समेत नराखी ओलीको कार्यकर्ता बनेको आरोप लगाउनुभयो। देउवाले ओली लोकतन्त्रवादी र संविधानवादी नभई अधिनायकवादी हुन् भन्दै आफूलाई बेकारमा अ‍ोलीसँग मिलेको आरोप लगाइएको बताउनु भएको छ ।

सभापति देउवाले अदालतले आफूलाई नै प्रधानमन्त्री बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अदालतले शेरबहादुरलाई प्रधानमन्त्री बनाएर एक महिनाभित्र विश्वासको मत लिन लगाउन राष्ट्रपतिलाई आदेश गर्ने विश्वास छ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार