श्रावण ४, २०८२ आइतबार July 20, 2025

क्रियासिल सदस्यता टुँङ्गो लगाउन कांग्रेस पदाधिकारी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस पदाधिकारीको बैठक आज बस्दैछ । आगामी  १४औं महाधिवेशनको तयारी लगायतका बिषयमा छलफल गर्न बोलाईएको बैठकमा पूर्व पदाधिकारी र क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरूलाई समेत बोलाइएको छ ।

महाधिवेशन कार्यतालिका अनुसार कांग्रेसका देशभरका क्रियाशील सदस्यहरूको टुंगो छानबिन समितिले असार २० गतेभित्र लगाउनुपर्नेछ । एक साताको समय बाँकी रहेकाले विवादहरू कसरी टुंग्याउने भन्नेमा छलफल गर्न लागिएको हो ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनका लागि कांग्रेसका क्रियाशील सदस्यहरूको संख्या १० लाख पुग्दैछ । अहिलेसम्म ८ लाख क्रियाशील सदस्यको सूची केन्द्रीय कार्यालयको सफ्टवेयरमा इन्ट्री भइसकेका छन् ।

केही जिल्लाको समायोजन विवाद र समग्रमा सदस्यता विवाद टुंग्याउनेबारे बैठकमा सहमतिको प्रयास हुने एक नेताले बताए । क्रियाशील सदस्यता छानबिन समितिमा मापदण्ड बनाउने वा राजनीतिक निर्णय गर्ने भन्नेमा छलफल जारी छ ।

पदाधिकारी तहमै सहमति बने सदस्यता छानबिनमा सहजता हुने समितिका सदस्यहरू बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार