श्रावण ४, २०८२ आइतबार July 20, 2025

महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बोलाउने सत्तारुढ एमालेको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक भर्खर सकिएको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा केहीबेरअघी सम्पन्न बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बुधबार बोलाउने निर्णय गरेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषय, कोभिड १९ नियन्त्रणको पहल, प्राकृतिक विपत्ति र राहत, पुनस्र्थापना तथा पूर्व तयारीका विषयमा समेत छलफल भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

असार १६ गते काठमाडौंमा बस्ने बैठकले पार्टीभित्रका असन्तुष्ट नेताहरुको विषयमा समेत ठोस छलफल गर्ने बताइएको छ । अहिले असन्तुष्ट नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुसँग संवाद र छलफल जारी रहेकाले त्यसबारेमा समेत समीक्षात्मक छलफल हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेको गत फागुन २८ गतेको बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले यसअघि आफ्नो फैसलामा एमाले महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयलाई मान्यता नदिएपछिको अवस्थाका बारेमा समेत आजको बैठकमा छलफल भएको बताइएको छ ।

एमाले महाधिवेशन आयोजक कमिटीको गत वैशाख १० गते बसेको बैठकले १९ सदस्यीय स्थायी कमिटीमा रहने सदस्यको कार्यविभाजन गरेको थियो । स्थायी कमिटीमा अहिले वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालसहित सो पक्षका नेताहरुलाई हटाइएको छ । केही नेताहरु पार्टीको निर्णयअनुसार निलम्बनमा रहेका छन् ।

हाल स्थायी कमिटीमा रहेका १९ जना सदस्यहरुमा अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, नेताहरु बामदेव गौतम, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सवासचन्द्र नेम्वाङ, टोपबहादुर रायमाझी, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणिचन्द्र थापा, किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल, रघुवीर महासेठ, केशव बडाल र डा. पुष्पराज कँडेल रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार
पूर्वमाओवादी घटकसँग संवाद सुरु-एकता वार्ताको जिम्मा उपाध्यक्ष महरालाई
२०८२ श्रावण ४, आइतबार
यस्तो निर्माण भयो ‘शङ्खामचुली दिमालुङ पदमार्ग’
२०८२ श्रावण ४, आइतबार
पर्वतको लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता
२०८२ श्रावण ४, आइतबार