काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) मा सहमतिको लागि दुबै पक्षलाई निर्वाचन आयोगले असार २२ गते बोलाएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम अन्तिम सहमतिका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारि दिए।
सहमति नभए आयोग कसको दाबी पुग्छ भनी आफैँ सुनुवाई गर्ने प्रक्रियामा प्रवेश गर्ने उनको भनाई छ। पार्टीको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षसँग जवाफ मागेको थियो।
कुनै पनि पार्टीको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी विवाद भए, दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए दाबी गर्ने पक्षले विवाद निरुपणको लागि आयोगसमक्ष निवेदन दिन सकिने व्यवस्था ४४ (१) मा छ।
पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने पक्षले दलको केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेश गर्नुपर्ने व्यवस्था पनि पनि ४४ (१) मा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया