श्रावण ४, २०८२ आइतबार July 20, 2025

इलाममा २१ जनामा कोरोना पुष्टि, थप दुईको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  इलाममा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलामा आज २१ जना थपिएसंगै संक्रमितको संख्या १ हजार ८ सय २ पुगेको छ ।

आज कोरोना संक्रमण हुनेहरुमा इलाम नगरपालिकामा ३ महिला र ४ पुरुष, सूर्योदय नगरपालिकमा २ महिला र ४ पुरुष, माइ नगरपालिकामा २ पुरुष, रोङ गाउँपालिककाका ३ महिला र २ पुरुष, चुालाचुली गाउँपालिकमा १ महिला रहेका छन् ।

थप २ को मृत्यु

इलाममा आज कोरोना संक्रमणका कारण थप २ को मृत्यु भएको छ । मृत्यु हुनेमा चुलाचुली ५ की ३१ वर्षीया महिला र सूर्योदय १० का २५ वर्षीय पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण हालसम्म ४६ जनाको मृत्यु भइसकेको छ । इलाममा हालसम्म १ हजार ४ सय ८५ जना संक्रमितले स्वास्थ्यलाभ गरिसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया