श्रावण ४, २०८२ आइतबार July 20, 2025

काँग्रेस नेता महरद्धारा डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली कांग्रेसका युुवा नेता तथा नेपाल विधार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमण वढीरहेकै बेला नेता महरले सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सनट्रेटर, सिलिण्डार, मास्क, ग्लोभ्स, फेससिल्ड, अक्सिजन मास्क, अक्सोमिटरजस्ता सामग्री हस्तान्तण गर्नुभएको हो । सो सहयोगले कोरोना महामारीको चपेटामा परेका बिरामीलाई राहत पुग्ने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताउनुभयो ।

कांग्रेस युवा नेता महरले सुदूरपश्चिमकै ठूलो उक्त अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गर्नुभएको हो । विभिन्न संस्था र साथीको सहयोगमा सामग्री जुटाइएको महरले बताउनुभयो ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया