श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालमा थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टी- सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सात हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा साे संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, तीनहजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चारहजार १७ रहेको छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना विरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया