श्रावण ४, २०८२ आइतबार July 20, 2025

इलाममा थप २८ जनामा कोरोना पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इलाममा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इलाममा आज २८ जना थपिएसँगै संक्रमितको संख्या १ हजार ९ सय १५ पुगेको छ ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा इलाम नगरपालिकामा २ महिला र १ पुरुष, सूर्योदय नगरपालिकमा ९ महिला र ७ पुरुष, माङसेवुङ गाउँपालिकामा ३ पुरुष, माइ नगरपालिकामा १ महिला, रोङ गाउँपालिकामा ४ महिला र फाकफोकथुम गाउँपालिकमा १ महिला र ५ पुरुष रहेका छन् ।

इलाममा कोरोना संक्रमणको कारण हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । इलाममा हालसम्म १ हजार ५ सय २४ जना संक्रमितले स्वास्थ्यलाभ गरिसकेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया