श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोना अपडेटः नेपालमा नयाँ संक्रमित भन्दा निको हुने दर बढी- ९४ प्रतिशत सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५६६ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, चारहजार ३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०८ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ३४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १७९ जनाको मृत्यु भैसकेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ४५१ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया