श्रावण ४, २०८२ आइतबार July 20, 2025

जिल्लामै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो ।

अस्पतालका एमजिडिपी (जनरल प्राक्टिसमा स्नातकोत्तर गरेका) चिकित्सक कमलराज न्यौपाने तथा उनको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर प्रसूति गराएको अस्पताल व्यवस्थापन समितिका सदस्य नरनाथ पाण्डेले बताए । “जिल्ला अस्पतालबाट सामान्य प्रसूति सेवा उपलब्ध भइरहेको थियो”, पाण्डेले भने, “तर हिजो भने जिल्लामै पहिलोपटक शल्यक्रिया गरेर प्रसूति गराउन सफल भएका छौँ ।” हालसम्म जिल्लाका अन्य कुनै पनि अस्पतालले शल्यक्रियाबाट प्रसूति गराएका थिएनन् ।

अस्पतालमा कावासोती–१२ की २६ वर्षीया गर्भवती मधु सुनारको शल्यक्रियाबाट प्रसूति गराइएको हो । “बिरामीमा प्रसूतिसम्बन्धी कडा खालको लक्षण देखिएको थियो, फेरि हिजो भरतपुर लैजानका लागि सडकसमेत अवरुद्ध भएका कारण त्यहाँका चिकित्सकले ठूलो जोखिम लिएर शल्यक्रियाबाट प्रसूति गराउनुभयो”, पाण्डेले भने, “सामान्यतया ३८ हप्तामा सुत्केरी हुनुपर्नेमा उहाँको गर्भ रहेको ४० हप्ता चार दिन भइसकेको रहेछ, त्यसैले पनि उनको अवस्था अलि जटिल थियो ।”

एमजिडिपी चिकित्सकसहित बाल रोग विशेषज्ञ तथा तीनजना कन्सल्टेन्ट चिकित्सक तथा उहाँहरुको समूहले सुनारको सुरक्षित रुपमा प्रसूति गराएको पाण्डेको भनाइ थियो । सुनारको शल्यक्रियाबाट तीन किलो ३०० ग्रामको स्वस्थ शिशु जन्माइएको भन्दै अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको पाण्डेले बताए । “गर्भवतीको अवस्था क्रिटिकल भएर डर लागेको भए पनि कन्फिटेन्स भएर आफूहरुले सुरक्षित रुपमा प्रसूति गराएको शल्यक्रियामा संलग्न डाक्टरहरुले बताएका थिए”, पाण्डेले भने, “अब प्रसूति गराउन भरतपुर लैजानुपर्ने समस्या हटेको छ, हामीले जस्तोसुकै जटिल प्रकारका प्रसूति पनि गराउन सक्छौँ भन्ने आत्मविश्वास यहाँका डाक्टरहरुमा पलाएको छ ।” अस्पतालमा केही समय अगाडिसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका भए पनि हाल दरबन्दी रिक्त हुँदा स्त्री तथा प्रसूति रोग विशेषज्ञको माग गरिएको पाण्डेले बताए ।

अस्पतालमा शल्यक्रियाको समयमा रगत माग भएमा नजीकै रक्तसञ्चार केन्द्रसमेत रहेकाले अब ढुक्क भएर शल्यक्रिया गरेर प्रसूति गराउन सकिने उनको भनाइ छ । मध्यविन्दु जिल्ला अस्पताल विसं २०७६ फागुन अगाडि सामुदायिक अस्पतालका रुपमा सञ्चालनमा थियो । करीब एक दशकअगाडि धनधाञ्याचल महायज्ञ लगाएर सङ्कलन भएको रकमबाट समुदायिक अस्पताल निर्माण गरिएकामा ७६ फागुनपछि प्रदेश सरकारको निर्णयअनुसार जिल्ला अस्पतालमा परिणत गरिएको हो ।

मध्यविन्दु अस्पताल व्यवस्थान समितिका अध्यक्ष डा गोपाल खनालले अस्पतालबाट जिल्ला अस्पतालले दिने सबै सेवा प्रदान भइरहेको बताए। अस्पतालमा पाँच श्ययाको आइसियु तथा तीनवटा भेन्टिलेटर भएको भन्दै चिकित्सक खनालले गम्भीर प्रकृतिका बिरामीहरुको उपचार सहज रुपमा भइरहेको बताए । “हामीसँग अपरेशन थिएटरमा दुईवटा टेबुल छन्, एकसाथ दुईवटा अपरेशन गर्न सक्छौँ”, डा खनालले भने, “केही समय अगाडि एपेन्डिसाइटका बिरामीको समेत सफल रुपमा शल्यक्रिया गरेका थियौँ ।”

सामान्य स्वास्थ्य समस्या आउँदा पनि जिल्लावासी भरतपुर जानुपर्ने समस्याको अन्त्य भएको खनालले बताए । “हामीले अहिले अस्पतालमा पिसिआर मेशिनबाट कोरोना परीक्षण गरिरहेका छौँ”, खनालले भने, “कोभिडका बिरामीसँगै अन्य बिरामीलाई समेत सुरक्षित सेवा दिइरहेका छौँ ।” अस्पतालले आफ्नै अक्सिजन प्लान्टबाट बिरामीलाई अक्सिजनसमेत प्रदान गरिरहेको उनको भनाइ छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार