श्रावण ४, २०८२ आइतबार July 20, 2025

कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महाकाली अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा दिनरात खटिनेमा महिला स्वास्थ्यकर्मी अग्रस्थानमा रहेका छन् । बिरामीको उपचारमा सघाउ पु¥याउने कामसँगै नास्ता, खानाको व्यवस्थामा समेत महिला स्वास्थ्यकर्मीले सहयोग गरेका छन् । महिला स्वास्थ्यकर्मीले पिपिइ सेट लगाई १२/१२ घण्टा बिरामीको सेवामा खटिनुपरेको छ ।

अस्पतालका नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको तीतो यथार्थ सुनाउनुहुन्छ । “पिपिइ लगाएर काम गर्न कति ग्राहो हुन्छ । त्यो पनि १२/१२ घण्टासम्म”, उहाँले भन्नुभयो, “बिरामीको चाप अस्पतालमा बढेका बेला दिनरात नभनी सेवा गरेका छौँ । हप्ता–हप्ता दिनसम्म घरपरिवारसँग भेट नगरी बिरामीकै सेवामा समर्पित भएर कार्य गरेका छौँ ।”

अस्पतालाले कोरोनाबारे शनिबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममै नर्सको व्यवहार नराम्रो भएको गुनासो सुनेपछि एकाएक बीचमै रोकिँदै आँखाबाट झर्न थालेको आँशु पुछ्दै उहाँले भन्नुभयो, “त्यसमा एक÷दुई जनाले कहिलेकाहीँ नराम्रो बोल्छन् । त्यसलाई ठूलो बनाएर हेर्न त भएन ।” नर्सिङ अधिकृत विष्टको आँखामा आँशु आएपछि कार्यक्रममा सहभागी सबै भावुक देखिए । विष्टले आफूलाई सम्हाल्दै कोरोना बिरामीको उपचार गर्दा नर्सहरुको पीडा सुनाउनुभयो । बिरामीको उपचार गर्दागर्दै नर्स बेहोस भएर ढलेकोसमेत उहाँले बताउनुभयो ।

“नर्सिङ स्टाफ १२/१२ घण्टासम्म खटिए, ड्युटीमा बेहोससम्म भए । गाली र गुनासो त कुरै छैन”, उहाँले भन्नुभयो, “त्यसबेला कसैले पनि तपाईँहरुले कसरी काम गरिरहनुभएको छ भनेर सोधेन । हामी पनि त मान्छे नै हो, बुझिदिनुहोला ।” नर्सिङ अधिकृत विष्टले उपचारका क्रममा प्रत्येक भेन्टिलेटरमा दुई नर्स खटिएको र बिरामीको नास्ता–खाना पु¥याउनसमेत आफूहरु व्यस्त हुनुपरेको बताउनुभयो ।

गलत नियतवश बिरामीको उपचारमा लापरवाही नहुने र कहिलेकाहीँ मानवीय कमजोरीका आधारमा हुने त्रुटिलाई देखाएर मनोबल खस्काउन नहुने नर्सिङ अधिकृत विष्टको भनाइ थियो । “गुनासो र गाली हामीलाई मात्रै गर्छन् । त्यो हामीले मात्रै पाउनुपर्ने होइन होला”, उहाँले भन्नुभयो ।

कार्यक्रममा अस्पतालका चिकित्सक अर्जुन भट्टले नर्सको व्यवहार राम्रो नभएको भनेर गरिएको गुनासोले आफू मर्माहत भएको बताउनुभयो । “महामारीमा ज्यानको पर्वाह नगरी खटिएका नर्सलाई आक्षेप लगाउने कार्य राम्रो होइन”, उहाँले भन्नुभयो, “यस्ता कुराले ‘हर्ट’ गर्छ ।” कोरोना महामारी बिरामीको उपचारमा अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी गरी ८९ जना खटिएका थिए । उहाँहरुमध्ये सबैभन्दा बढी ५२ नर्स बिरामीको उपचारका खटिएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार