काठमाडौं: नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ बनाइएको क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा युवा नेता पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेल चयन भएका छन् ।
समिति सदस्य पौडेललाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो । समिति सचिव केशव रिजालले विज्ञप्ति जारी गर्दै पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाएका छन् ।
अब समितिको आधिकारिक धारणा पौडेलले सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया