श्रावण ४, २०८२ आइतबार July 20, 2025

१० दिनभित्र बन्दी रिहाई गर्न प्रकाण्डको प्रधानमन्त्री ओलीलाई अल्टिमेटम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा आइतबार मध्यान्ह भएको भेटवार्तामा नेता प्रकाण्डले विगतमा सरकारसँग गरिएका ३ बुँदे सहमति यथाशिघ्र कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

बिहान साँढे १० बजे बालुवाटार छिरेका प्रकाण्डले १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।

राजनीतिमा इमान्दारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि उनले बताए ।

आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फाल्गुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको जानकारी दिदै एक बजे बाहिरिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया