श्रावण ४, २०८२ आइतबार July 20, 2025

माओवादी नेत्री पम्फा भुसाललाई मातृशोक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो ।

उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जलि अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया